हुम्ला, साउन २२ — सिमकोट गाउँपालिका–६ मा महिलाको आर्थिक सशक्तीकरण तथा उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले लालीगुराँस उद्यमशील समूह गठन गरिएको छ।
समूह गठन कार्यक्रममा १५ जना महिलाको सहभागिता रहेको थियो। यो कार्यक्रम सात चरणसम्म सञ्चालन हुने योजना रहेको छ। कार्यक्रमअन्तर्गत सिमकोट गाउँपालिकामा पाँच वटा उद्यमशील समूह गठन गरिनेछ भने समग्र सहभागीमध्ये करिब ४० प्रतिशत पुरुषको समेत सहभागिता रहने व्यवस्था गरिएको छ।
नवगठित समूहले बचत, आयआर्जन, उद्यम विकास तथा सामाजिक संवादमार्फत स्थानीय महिलाको आर्थिक सशक्तीकरणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
२२ साउन २०८३, शुक्रबार ०९:३४ मा प्रकाशित