दैलेख असोज -१ कर्णाली प्रदेश सरकारका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री, पूर्व जिल्ला विकास समिति सभापति तथा नेपाली कांग्रेस दैलेखका पूर्व जिल्ला सभापति हिमबहादुर शाहीको आकस्मिक निधन भएको छ।
शाहीको निधनले दैलेखसहित कर्णालीको राजनीतिक क्षेत्रमा शोक छाएको छ। उहाँको निधनप्रति विभिन्न क्षेत्रबाट दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ।
१ असोज २०८३, बिहिबार ०९:३८ मा प्रकाशित