🔊 Live Radio Stream

राप्रपाको ७२ जिल्लामा अधिवेशन सम्पन्न, हुम्ला अध्यक्षमा महत निर्वाचित

radiomansarowar.com

हुम्ला, असोज १ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले देशभर जिल्ला अधिवेशनलाई तीव्रता दिँदै ७२ जिल्लामा अधिवेशन सम्पन्न गरेको जनाएको छ। अधिवेशनबाट अधिकांश जिल्लामा नयाँ नेतृत्व चयन गरिएको छ।

राप्रपाको जिल्ला अधिवेशनअन्तर्गत हुम्ला जिल्लाको अध्यक्षमा विकास महत चयन भएका छन्। राप्रपाले भदौ मसान्तभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने कार्यतालिका बनाएको थियो।

पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार बाढी प्रभावित केही जिल्लामा भने अधिवेशनका लागि थप समय दिइएको छ। रसुवा, नुवाकोट र धादिङमा अधिवेशन हुन बाँकी रहेको जनाइएको छ।

जिल्ला अधिवेशन सम्पन्न भएसँगै राप्रपा अब पार्टीको आगामी महाधिवेशनको तयारीतर्फ अघि बढेको छ।

प्रतिक्रिया