आर्थिक वर्ष २०८३÷०८४ देखि कर्णाली प्रदेशकै एक मात्र अन्तर्राष्ट्रिय नाका हिल्सामा पशु तथा कृषि क्वारेन्टाइन सेवा लागू हुने भएको छ । नाम्खा गाउपालिका अध्यक्ष प्रेम लामाको अर्थक पहल, दृढ इच्छा शक्ति तथा निरन्तर प्रयासका कारण यो नाकामा बिगतमा नभएको हिल्सामा पशु तथा कृषि क्वारेन्टाइन आगामी आर्थिक वर्षको साउनबाट संचालनमा आउने भएको छ । लामो समय देखि आवश्यक मानिँदै आएको यस महत्वपूर्ण सेवाको स्थापना हुनुले सीमावर्ती क्षेत्रको कृषि तथा पशुजन्य उत्पादनको गुणस्तर संरक्षण, रोग नियन्त्रण, सुरक्षित आयात–निर्यात व्यवस्थापन तथा स्थानीय आर्थिक विकासमा उल्लेखनीय टेवा पुग्ने विश्वास लिइएको छ ।
विशेषगरी अन्तर्राष्ट्रिय नाकाबाट हुने आवतजावतलाई व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउन क्वारेन्टाइन सेवाको भूमिका अत्यन्त महत्वपूर्ण रहने बताइएको छ । यस ऐतिहासिक उपलब्धिका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नु हुने यस कार्यालाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, समन्वय र सहकार्य गर्ने सम्पूर्ण सरकारी निकाय, कर्मचारी, सरोकारवाला संस्था, राजनीतिक व्यक्तित्व तथा सम्पूर्ण महानुभावहरूमा अध्यक्ष लामाले धन्यबाद समेत दिनु भएको छ ।