कर्णाली राजमार्ग वन्द र नागरिकको हक स्वातन्त्ररुपमा आवात जावत गर्ने सुनिश्चितताका लागी यसमा दोसि कार्यमा संलग्न १० जनाहरुलाई कार्वाहीका लागी हुम्ला मार्फत जिल्ला प्रहरी कार्यालय बाजुरामा सार्वाजानिक अपराध विरुद्धको कसुरको मुद्धा दर्ता गरिएको छ । यसैको सन्दर्भमा हुम्लाको लाम्पाटामा गालि गलोज कुटपिट र दुब्र्यवहार संगै सामाजिक संजालमा अफवा फैलाई शान्ति सुरक्षा खलवल गर्न १२ जना बाजुरेली विरुद्ध अभद्र ब्यवहारको मुद्धा जिल्ला प्रहरी कार्यालय हुम्लामा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक शंखर खड्काले रेडियो मानसरोवरलाई वताउनु भएको छ । सिमा क्षेत्र हुम्लाको लाम्पाटामा काठ तस्करी,राष्ट्रिय चरा डाफे मार्ने र वन्यजन्तु झारल मारेको सवुत प्रमाण समेत डिभिजन वन कार्यालयमा वन्यजन्तु तस्कर गर्ने ६ जना बाजुरेली बिरुद्ध डिभिजन वन कार्यालय हुम्लामा मुद्धा दता गरिएको खार्पुनाथ गाउँ पालिका अध्यक्ष कर्ण रावलले बताउनु भएको छ । हिमाली गाउँपालिका अध्यक्ष गोविन्द मल्ल र उपाध्यक्ष राजकला सार्कि सहित हुम्लामा २८ जनाको नाममा मुद्धा दर्ता गरिएको छ ।