राष्ट्रिय स्वतन्त्र पार्टी हुम्लाको जिल्ला प्रथम भेला तथा अधिवेशन सम्पन्न भएको छ । जिल्लाको प्रथम अधिवेशनबाट चङ्खेली गाउँ पालिका वडा न. ३ मिमिका लक्ष्मण ऐडि सभापतिमा चयन भएका छन् । यसै गरि उपसभापतिमा नाम्खा गाउँ पालिका १ धिगाका रिङ्जिङ दावा लामा,सचिवमा सिमकोट गाउँ पालिका २ ठेहेका मनोज बोहरा, सहसचिवमा तिर्थ बुढा र कोषाध्यक्षमा कमन शाहि लगायत १३ जना सदस्यलाई सर्वसहमतिमा निर्बिरोध निर्वाचित गरेको नव निर्वाचत सचीव बोहराले जानकारी दिएका छन् । प्रथम जिल्ला अधिवेशनको उट्घाटन कार्यक्रम शुक्रबार बिहान ११ बजे जिल्ला समन्वय समितिको सभाहलमा संचालन भएको थियो । कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टी हुम्लाको तत्कालीन उपसभापति ऐडिको अध्यक्षता तथा कर्णाली प्रदेश सदस्य बुधे बुढाको प्रमुख आथित्यमा संचालन भएको थियो । नवनिर्वाचित टोलिलाई बाजागाजा नारा सहितको परिक्रमा गरिएको छ ।