हुम्लामा कार्यरत एक जना निजामति कर्मचारीको भाबुकता झल्काउने स्टाटस सामजिक सन्जाल फेसकुममा आएको छ । जिल्ला वकिल कार्यलय हुम्लाका प्रमुख जिल्ला वकिल निसा केसिले आफ्नो फेसबुक आइडिमा मैनबत्तिको उज्यालो बाट अध्यारो अनुभूति व्यक्त गर्न मन लाग्यो भन्दै स्टाटस लेख्नु भएको छ । उतm स्टाटसमा युवाको नेतृत्वमा बनेको बलियो सरकारको दृष्टिकोण कार्यान्वयन गर्न राष्ट्रसेवक एवं उमेर समूहले जेन जी पुस्ताको कार्यालय प्रमुखको रुपमा जिल्ला सरकारी वकिल कार्यालय हुम्लाको प्रमुख भैई काम गरिरहेको छु , मलाई ईच्छा छ सबै भन्दा पहिला डिजिटल नेपालको प्रतिबद्द्ता कार्यान्वयन गर्ने,म लाई ईच्छा छ सेवक कर्मचारीतन्त्रको मानक स्थापित गर्ने तर मेरो कार्यालयमा विधुत पुगेको छैन,म दृढ छु मेरा सेवाग्राहीले ओहो यस्तो राम्रो सेवा पाईने पनि सरकारी कार्यालय हुन्छ भनेर सन्देश दिने तर एक कार्यालय संचालनका लागि तत्कालै गर्न सकिने आधारभूत आवश्यकता को समेत पुर्ती नहुनु ले दुःख लागेको कुरालाइ झल्काउनु भएको छ । के सि ले थप्दै आज मेरो कार्यालयको लागि विधुत वितरण गर्ने निकायमा निवेदन पेश गर्दा यस्ता निवेदन सयौं आउंछ्न भन्ने जवाफ पाएं , अनि सम्झिए कर्णाली नदी, सर्केगाड अनि कैयौं खोलानाला, चिन्तित हुन्छु कसरी लागू गरौं विधुत विनाको विधुतीय शासन ? कसरी भनौं सेवा ग्राहीलाई वत्ति नभएर तपाईको काम भएन ? अहं मलाई मन छैन कुनै पनि बहानामा सेवाग्राहीले दुख पाएको हेर्न हुम्ला पनि नेपाल हो, कर्णाली पनि नेपाल हो भन्दै आफ्नो फेसबुकलेख्नु भएको छ ।
२८ चैत २०८२, शनिवार ०६:३५ मा प्रकाशित