सुर्खेत भदौ -१६ कर्णाली प्रदेश सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि २ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
प्रदेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो। बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले गरिएको यो निर्णयलाई मानवीय र सराहनीय कदमका रूपमा लिइएको छ।
१६ भदौ २०८३, मङ्गलबार ११:०५ मा प्रकाशित