🔊 Live Radio Stream

सिमकोट गाउँपालिकामा वार्षिक प्रगति समीक्षा गोष्ठी सम्पन्न

radiomansarowar.com

सिमकोट गाउँपालिकाले आर्थिक वर्ष २०८२÷०८३ मा सम्पन्न भएका विकास कार्यक्रम तथा योजनाको समीक्षा गर्न वार्षिक प्रगति समीक्षा गोष्ठी आयोजना गरेको छ । सिमकोट गाउँपालिकाको गाउँ कार्यपालिकाको कार्यालयद्वारा आयोजित गोष्ठीमा आर्थिक वर्ष २०८२÷०८३ मा सञ्चालन गरिएका विकास आयोजना, सेवा प्रवाह, वित्तीय प्रगति तथा विभिन्न शाखाबाट सम्पादन भएका कार्यहरूको समीक्षा गरिएको थियो । 

कार्यक्रम सिमकोट गाउँ पालिका अध्यक्ष बिजय भण्डारीको अध्यक्षता जिल्ला समन्वय समितिका उपप्रमुख दलु फडेराको प्रमुख आथित्य तथा सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र कुमार चन्दको विशेष आथित्यमा संचालन भएको थियो । कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, निमित्त प्रमुख प्रशासकीय अधिकृत, शाखा प्रमुख, वडा अध्यक्ष, कर्मचारी तथा पत्रकारहरूको सहभागिता रहेको थियो । सहभागीहरूले योजनाको कार्यान्वयनका क्रममा देखिएका उपलब्धि, चुनौती तथा आगामी दिनमा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा सुझाव प्रस्तुत गरेका थिए । 

गोष्ठीमा आगामी आर्थिक वर्षका कार्यक्रम तथा योजनाहरूलाई परिणाममुखी, पारदर्शी र जनमुखी बनाउँदै समयमै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो । 

प्रतिक्रिया