🔊 Live Radio Stream

आत्महत्या गर्न गएकी महिलालाई प्रहरीद्धारा उद्धार

radiomansarowar.com

हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका वडा नं. ५ ताक्लामा आत्महत्या गर्न गएकी एक महिलालाई प्रहरीद्धारा उद्धार गरिएको छ ।  उद्धार हुनेमा  खापुनाथ गाउँपालिका वडा न. ५ निवासी २० वर्षिय रमिता कामी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपि शंखर खड्काले जानकारी दिनुभएको छ । कामिले आफ्नो श्रीमानलाई पेट दुखेको छ उपचार गराउन जाउँ भनि जानकारी गराउँदा उनका श्रीमानले अहिले पैसा नभएकोले उपचार गराउन नसकिने भनेको हुँदा सोहि बिषयमा श्रीमान श्रीमती बिच समान्य वादविवाद समेत भएको प्रमुख खड्काले बताउनु भयो । 

वादविवाद पछि म मरिसके अब मेरो खोजी कहिलै नगर्नु भनि उनले डायरीमा लेखेर घरमा कोही कसैलाई जानकारी नगराई गएको हुँदा खोजतलास गर्ने क्रममा गाउँ नजिकैको झागिरे सामुदायिक वनमा आफ्नै सल कपडा (दोपट्टाले) पासो लगाउनै लागेको अबस्थामा प्रहरीेद्धारा उद्धार गरीएको हो । उनका श्रीमानलाई प्रहरी चौकी ठेहेमा बोलाई अब देखी यस्ता किसिमको गल्ति नगर्ने भनि सम्झाई बुझाई गरी जिम्मा लगाईएको छ ।

प्रतिक्रिया