🔊 Live Radio Stream

विकासको मुहार फेर्दै नाम्खा–झुलमा नवनिर्मित सामुदायिक भवन उद्घाटन तथा हस्तान्तरण

radiomansarowar.com

हुम्ला — नाम्खा गाउँपालिका–३, झुलमा नवनिर्मित सामुदायिक भवनको २०८३ भदौ ६ गते उद्घाटन तथा हस्तान्तरण गरिएको छ। गाउँपालिका अध्यक्ष एवं प्रमुख अतिथि प्रेम लामाले भवनको उद्घाटन गर्नुभएको हो।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तक्दिर लामा, प्रमुख प्रशासकीय अधिकृत, शाखा प्रमुखहरू, कर्मचारी, निर्माण व्यवसायी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।

सडक, विद्युत्, शिक्षा, खानेपानी लगायतका पूर्वाधार विकासलाई प्राथमिकता दिँदै नाम्खा गाउँपालिका क्रमशः विकासको मुहार फेर्दै अघि बढिरहेको गाउँपालिकाले जनाएको छ। नवनिर्मित सामुदायिक भवनले स्थानीयवासीका सामाजिक तथा सामुदायिक गतिविधिलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

भवन निर्माणमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा निकायप्रति गाउँपालिकाले धन्यवाद तथा आभार व्यक्त गरेको छ।

प्रतिक्रिया