🔊 Live Radio Stream

सिमकोट गाउँपालिका ८ खोल्सीमा हिल्दुम विद्युत वितरण केन्द्रद्धारा विद्युत विस्तार

radiomansarowar.com

हल्दुम विद्युत वितरण केन्द्रले आफ्नो सेवालाई सिमकोट गाउँपालिका वडा नं ८ खोल्सी गाउँमा विस्तार गरेकोे छ ।  उक्त गाउँमा विद्युत विस्तार गरी १८ घरधुरीमा बत्ती बल्न सफल भएको सोही गाउँका स्थानियले बताएका छन् । यस अघि सल्लाको दियालोमा रात विताउन बाध्य उक्त गाउँ स्थानिय आजबाट हिल्दुम विद्युत वितरण केन्द्रले वत्तीको व्यवस्था गरेपछि स्थानिय खुसी हुँदै हिल्दुम विद्युत वितरण केन्द्रलाई धन्यवाद समेत दिएका छन् । त्यसै गरी अन्य विद्युतको पहुँच नपुगेका सो गाउँका घरधुरीमा विस्तार गर्दै लैजाने हिल्दुम विद्युत वितरण केन्द्रका प्राविधिक वृषसिं दमाइले बताएका छन् ।

सदरमुकाम सिमकोटमा लोड सेटिङ भार भए पनि सिमकोट बाहिरका गाउँमा विद्युत खपत कम भएकाले उक्त विद्युत वितरण केन्द्रले आफ्नो सेवालाई विस्तार गरेको छ । सदरमुकाम सिमकोटमा उद्योग,कल कारखाना, सरकारी कार्यालयमा कम्युटर, हिटर जस्ता इलोक्टोनिक सामाग्री बढी चल्ने हुँदा लोड सेटिङ बढी हुने गरेको हिल्दुम विद्युत वितरण केन्द्रको पारिवारिक स्रोतले बताएको छ । 

 


प्रतिक्रिया