सिमकोट गाउँपालिकाको शिक्षा समितिको निर्णण कार्यानयन हुन थालेको छ । सिमकोट गाउँ पालिकाको बैशाख २३ गतेको शिक्षक सरुवा तथा कोठा कटौतिको विषयलाई लिएर सिमकोट गाउँ पालिका ७ चौगानफयामा रहेको कर्णाली माध्यमिक बिद्यालय, सिमकोट गाउँ पालिका ३ बरगाउँमा रहेको रलिङ माध्यमिक बिद्यालयका शिक्षक अविभावक तथा बिद्यार्थिहरु गाउँ पलिकाको विरुद्ध आन्दोलनमा उत्रियका थिए । सिमकोट गाउँपालिका कार्यसमितिले शिक्षा समितिको निर्णयलाइ यथावत सदर गरे पछि शरुवा गरिएका शिक्षकहरु आ आफ्नो बिद्यालयमा धमाधम हाजिर हुन थालेका छन् । सिमकोट गाउँ पालिका भित्र रहेका बिद्यालयहरुले सरुवा भएर जाने शिक्षकहरुलाई बिदाई र सरुवा भएर आउने शिक्षकहरुलाई भब्यरुप र सब्य रुपमा स्वगत गरिरहेका छन् ।
१३ जेठ २०८३, बुधबार ०५:४६ मा प्रकाशित