हुम्ला जिल्लाका तीन वटै सुरक्षा निकायद्वारा सोमबार विपद प्रतिकार्य पूर्वतयारी अभ्यासको प्रदर्शनी गरिएको छ । शत्रुभञ्जन गुल्म रानी बनको अगुवाईमा सोमबार सिमकोट गाउँपालिका वडा नम्बर ५ को सिम क्षेत्रमा तीन वटै सुरक्षा निकायका सुरक्षाकर्मी विपद प्रतिकार्य पूर्वतयारी अभ्यास प्रस्तुत गरेको गुल्मपति हरिबावु श्रेष्ठले रेडियो मानसरोवरलाइ बताएका छन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका सुरक्षाकर्मीहरुले सो अभ्यास गरेका थिए । सुरक्षाकर्मीद्धारा चार प्रकारको अभ्यास प्रर्दशन गरिएको थियो ।
जसमा आगलागी नियन्त्रण, पहिरोमा पुरिएका पीडितको उद्धार, अग्लो भीरबाट लडेर घाइते भएका बिरामीको उद्धार गर्ने तरिका र खोला किनास जहाँ पुलको ब्यवस्था नभएको अवस्थामा अग्लो स्थानमा डोरीको सहायतले वारपार गर्ने तरिकाका पारेमा सुरक्षाकर्मीले प्रदर्शनी गरेका थिए। यसले मनसुनको समयमा उद्धार गर्न सहज हुने विस्वास गरिएको छ ।
कार्यक्रममा गृह मन्त्रालय राष्ट्रिय विपद जोखिम न्यूनकिरण तथा ब्यवस्थापन प्राधिकरणका सहसचिव सुरेश पन्थी, प्रहरी नायव उपरिक्षक शंकर खड्का, सशस्त्र प्रहरी नायव उपरीक्षक पुष्करबहादुर सिंह, राजनीति दलका नेता, नागरिक समाजलगायतको उपस्थिति रहेको थियो ।