सिमकोट गाउँ पालिका वडा नं २ ठेहेमा रहेको रामदेव माध्यमिक विद्यालयको ६१औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नर भण्डारीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।
यस्तै, सिमकोट गाउँपालिका–२ का वडा अध्यक्ष देवजङ्ग बोहरा विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हुम्लाका जिल्ला सचिव मनोज बोहरा, नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिव धर्मराज बोहरा नेकपा एमाले हुम्लाका सचिव तीर्थराज बोहरा उद्योग बाणीज्य संघ हुम्लाका अद्यक्ष राम बहादुर भण्डारी लगायतको उपस्थिति रहेको थियो ।
वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा विद्यालयको शैक्षिक गतिविधि, विद्यार्थीको प्रगति तथा विद्यालयको समग्र अवस्थाका विषयमा समेत चर्चा गरिएको थियो । कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय सरोकारवालाको सहभागिता रहेको थियो ।
विद्यालयले ६१ वर्षको शैक्षिक यात्रामा पु¥याएको योगदानको समीक्षा गर्दै आगामी दिनमा शिक्षाको गुणस्तर थप सुधार गर्दै विद्यालयलाई अझ प्रभावकारी र गुणस्तरीय शैक्षिक संस्थाका रूपमा विकास गर्नेमा जोड दिइएको थियो ।