काठमाडौं भदौ २३ जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको सम्झना तथा सम्मानमा आज देशभर जेनजी शहीद दिवस मनाइँदैछ। सरकारले आज देशभर सार्वजनिक बिदासमेत दिएको छ।
गत वर्ष भदौ २३ गते सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोधबाट सुरु भएको जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी, राजनीतिक बेथिति, सार्वजनिक सेवा र अवसरको असमानताविरुद्धको व्यापक आवाजमा परिणत भएको थियो।
आन्दोलनका क्रममा काठमाडौंमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो भने भदौ २३ र २४ गतेको घटनामा सुरक्षाकर्मी तथा प्रदर्शनकारीसहित ७६ जनाले ज्यान गुमाएका थिए।
आन्दोलनमा ज्यान गुमाएका युवाको योगदान र उनीहरूले उठाएका सवालको स्मरण गर्दै सरकारले भदौ २३ गतेलाई जेनजी शहीद दिवस घोषणा गरेको हो।!
२३ भदौ २०८३, मङ्गलबार ०७:४० मा प्रकाशित