डिभिजन वन कार्यालय हुम्लाको आ.व.२०८२।०८३को वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ । डिभिजन वन कार्यालय हुम्लाले बुधबार एक कार्यक्रमका बिच जिल्ला समन्वय समितिको सभाहल, सिमकोटमा उक्त गोष्ठी सम्पन्न गरेको थियो । कार्यक्रम डिभिजन वन कार्यालय हुम्लाका प्रमुख महेस कुमाईको अध्यक्षता, जिल्ला समन्वय समितिका उपप्रमुख दलु फडेराको प्रमुख आथित्यमा संचालन गरिएको थियो ।
यसै गरि सिमकोट गाउँ पालिका अध्यक्ष बिजय भण्डारी,खार्पुनाथ गाउँ पालिका अध्यक्ष कर्ण बहादुर रोकाया,प्रमुख जिल्ला अधिकारी भोलानाथ बुरागाई,उद्योग बाणिज्य संघ हुम्लाका अध्यक्ष राम बहादुर भण्डारी,बिभिन्न कार्यालयका प्रमुख लगाएत संचारकर्मिको उपस्थिति रहेको थियो ।
गोष्ठीमा जिल्ला स्थित डिभिजन वन कार्यालय हुम्लाले गरेका आ.व.२०८२।०८३को वार्षिक गतिविधि तथा प्रगतिको विवरण कार्यक्रमको अध्यक्ष तथा डिभिजन वन कार्यालय हुम्लाका कार्यालय प्रमुख महेश कुमाईले प्रस्तुत गरेका थिए ।