🔊 Live Radio Stream

हुम्लामा सहुलियत खाद्यान्न बिक्री वितरणको पहिलो दिनमै ६ लाख ८८ हजारभन्दा बढीको बिक्री

radiomansarowar.com

खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय हुम्लाले आजदेखि लागू गरेको सहुलियत दरको खाद्यान्न बिक्री वितरणको पहिलो दिनमा ६ लाख ८८ हजार ७ सय ५० रुपैयाँ बराबरको खाद्यान्न बिक्री गरेको छ । सहुलियतमा बिक्री वितरण गरिएको खाद्यान्नमध्ये आज ७० क्विन्टल चामल बिक्री भएको छ ।

 बिक्री भएको चामलमध्ये ६४ दशमलव ५० क्विन्टल नर्मल चामल र ५ दशमलव ५० क्विन्टल फोटीफाईट चामल रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय हुम्लाले जनाएको छ । त्यसैगरी, आज ३ सय २२ केजी चिनी र ३ सय ४५ लिटर सूर्यमुखी तेल बिक्री भएको छ । 

कार्यालय प्रमुख कृष्ण बहादुर थापा मगरका अनुसार सहुलियतमा खाद्यान्न बिक्री वितरण सुरु गरिएको पहिलो दिनमै उल्लेख्य मात्रामा खाद्यान्न बिक्री भएको हो । उहाँले सहुलियत दरको खाद्यान्न बिक्री वितरणलाई निरन्तरता दिइने जानकारी दिनुभयो । सहुलियतमा खाद्यान्न बिक्री सुरु भएपछि स्थानीय उपभोक्तालाई बजार मूल्यको तुलनामा केही राहत पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया