🔊 Live Radio Stream

समावेशी करण शिक्षा, सामाजिक विकृति, हानिकारक अभ्यासहरु न्यूनिकरण सम्बन्धि १ दिने सचेतना मूलक कार्यक्रम सम्पन्न

radiomansarowar.com



सिमकोट गाउपालिकाको बालमन्दिर माध्यामिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत ५८ जना बिद्यार्थिहरुको उपस्थितिमा समावेसी करण शिक्षा, सामाजिक विकृति, हानिकारक अभ्यासहरु न्यूनिकरण सम्बन्धि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो । कक्षा ९ मा अध्ययनरत बालबालिकालाई समावेशीकरण शिक्षा, सामाजिक विकृति, हानिकारक अभ्यासहरु न्यूनिकरण सम्बन्धि १ दिने सचेतना मूलक कार्यक्रमको प्रशिक्षण शिक्षक मधु बस्नेत (शाही) र छतुप लामाले गरेको जानकारी प्राप्त भएको छ ।

बालबालिकालाई समावेशी शिक्षा  भनेको जात, धर्म, लिङ्ग, आर्थिक अवस्था वा शारीरिक तथा मानसिक क्षमता (अपाङ्गता) मा भेदभाव नगरी सबै बालबालिकालाई आफ्नै घर नजिकका विद्यालयहरूमा समान रूपमा गुणस्तरीय शिक्षा प्रदान गर्ने पद्धतिको विकास गराउन र सो बारे जानकारी गराउनको लागी पनि उक्त सचेतना गराइएको थियो् । अपाङ्गता भएका (दृष्टिविहीन, बहिरा, सुस्त श्रवण आदि), सीमान्तकृत वा दुर्गम क्षेत्रका बालबालिकाको आवश्यकता अनुसार शिक्षण विधि र भौतिक संरचना तयार गर्ने, फरक क्षमता भएका र सामान्य बालबालिका एउटै कक्षाकोठामा सँगै पढ्दा उनीहरूमा एक–अर्काप्रति सहयोग र सद्भावको भावना विकास गराउन, जातीय, लैङ्गिक वा आर्थिक आधारमा हुने विभेद हटाई समान अवसरको सुनिश्चितता गर्ने उद्देश्यले पनि उक्त सचेतना कार्यक्रमको आयोजना गरिएको सामाजिक विकास कार्यालय प्रमुख इश्वरबहादुर सिंहले बताएका छन् । 

प्रतिक्रिया