🔊 Live Radio Stream

कर्णालीको मुख्यमन्त्रीमा नेकपाका शाही नियुक्त

radiomansarowar.com

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता मंगलबहादुर शाही नियुक्त भएका छन् ।  प्रदेशसभा (२) बाट तत्कालीन माओवादी केन्द्र र नेपाली कांग्रेसबीच भएको लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट विजयी भएका शाही कर्णालीको पाँचौं मुख्यमन्त्री बन्न पुगेका छन् । 

शाहीलाई प्रदेश प्रमुख जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कर्णाली प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् । 

शाहीले नेकपा १४ र एमालेका ९ सांसदको समर्थनसहित मंगलबार साँझ नै प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए ।

यसअघि प्रदेश प्रमुख जोशीले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि मंगलबार साँझ ५ बजेसम्म दाबी पेस गर्न समय दिएका थिए । संविधानको धारा १६८ (२) अनुसार प्रदेश जोशीले बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई सरकार गठनका लागि आह्वान गरेका थिए । 

कर्णालीमा सरकार गठनका लागि २१ जना सांसदको आवश्यकता पर्छ । ४० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १५, नेकपाका १३, सभामुखसहित एमालेका १० सांसद छन् ।

शाही प्रदेशसभाको यही कार्यकालमा कर्णाली सरकारको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री समेत भएका थिए ।एमालेबाट मुख्यमन्त्री बनेका यामलाल कँडेलले गत शनिबार राजीनामा दिएसँगै कर्णालीमा नयाँ सरकार गठनको प्रक्रिया शुरू भएको थियो ।

प्रदेशमा सत्ता साझेदारीका लागि नेकपा र एमालेबीच भएको सहमति अनुसार नै कर्णालीमा नेकपामा शाही मुख्य मन्त्री बनेका हुन

प्रतिक्रिया