🔊 Live Radio Stream

कर्णाली र सुदूरपश्चिमका २७ सहभागीको सहभागितामा सामाजिक संवाद तालिम दोस्रो दिन प्रवेश

radiomansarowar.com

धनगढी, साउन ९। प्रोपब्लिकको आयोजनामा सञ्चालित महिलाहरूको आर्थिक सशक्तीकरणका लागि सामाजिक संवादसम्बन्धी पाँचदिने क्षमता अभिवृद्धि तालिम आज दोस्रो दिन पनि धनगढी उपमहानगरपालिका–३, कैलालीस्थित जियान होटलमा निरन्तर जारी रहेको छ।

संवादमार्फत महिलाको आर्थिक सशक्तीकरणका लागि अनुकूल वातावरण निर्माण गर्ने उद्देश्यले सञ्चालन भइरहेको तालिममा कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न गाउँपालिका, नगरपालिका तथा उपमहानगरपालिकाबाट आएका २७ जना सहभागी रहेका छन्। सहभागीमध्ये २२ जना महिला र ५ जना पुरुष छन्।

तालिमको दोस्रो दिन सामाजिक संवाद प्रक्रिया, स्थानीय तहमा महिला आर्थिक सशक्तीकरणका अवसर तथा चुनौती, संवाद सहजीकरणका सीप र व्यवहारिक अभ्यासका विषयमा अन्तरक्रियात्मक छलफल तथा समूहगत अभ्यास सम्पन्न गरिएको आयोजकले जनाएको छ।

पाँच दिनसम्म सञ्चालन हुने यस तालिमले सहभागीहरूको क्षमता अभिवृद्धि गर्दै स्थानीय तहमा समावेशी विकास र महिलाको आर्थिक सशक्तीकरण प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया