जिल्लामका सिमकोट, खार्पुनाथ, नाम्खा, सर्केगाड, ताजाकोट र अदानचुली गाउपालिकाले जिल्ला प्रशासन कार्यालय हुम्ला मार्फत नेपाल सरकारको ध्यानआकर्षण गराएका छन् । हुम्ला जिल्लाका पाँच वटा गाउपालिकाका अध्यक्षले हस्ताक्षेर गरेको ज्ञापन पत्र सर्केगाड गाउपालिका अध्यक्ष ठान बहादुर रोकायाले पढेर प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मिलाइ बुझाएका छन् ।
ज्ञापन पत्रमा हुम्ला जिल्लाको अधिकार क्षेत्रमा रहेको लामापाटा च्याचौर क्षेत्रमा बाजुरा जिल्लाको पहलमा प्रहरी चौकी स्थापना कार्य तत्काल रोकिनु पर्ने,उतm क्षेत्रको बास्तबिक भौगोलिक तथा प्रशासनिक सिमा सम्बन्धमा संघिय सरकारबाट अधिकारिक अध्यायन तथा नापजाँच गनिु पर्ने,सम्बन्धित जिल्ला प्रशासन कार्यालय स्थानिय तह जनप्रतिनिधि तथा स्थानिय नागरिकबिच समन्वय र सहमति बिना कुनै प्रशासनिक वा सुरक्षा संरचना स्थापना नगर्न ,सम्भावित जिल्ला सिमा बिबाद समाधानका लागी उच्च स्तरिय छानबिन तथा समन्वय समिति गठन गर्ने,हुम्ला जिल्लाको ६ वटा गाउपालिका सिमकोट, खार्पुनाथ, नाम्खा, सर्केगाड, ताजाकोट र अदानचुलीको सिमाना र बजुरा जिल्लाको हिमाली गाउपालिका संग जोडिएको मासपुर जौले छिप्रेझुल लामपाटा च्याचौर दगल्च्या रानि सैना ढुवानी खोला र गोपिलेख क्षेत्रहरु परापुरब कालदेखि हुम्ली बासीहरुले भोगचलन गदै आएको अबगत गराउदै स्थानिय जनभावना ऐतिहासिक प्रयोग तथा प्रशासनिक अभिलेखलाइ आधार मानि निष्पक्ष निर्र्णय गरियोस भन्दै प्रमुख जिल्ला अधिकारी रेग्मि मार्फत प्रधान मन्त्रि तथा मन्त्री परिषद् कार्यालय सिहदरावार लाइ बुझाइएको छ ।
उतm ज्ञापन पत्रमा सिमकोट गाउपालिकाका अध्यक्ष बिजय भण्डारी उपाअध्यक्ष शुसिला रोकाया, खार्पुनाथका अध्यक्ष कर्ण बहादुरा रावल नाम्खाका अध्यक्ष प्रेम बहादुर लामा सर्केगाडका अध्यक्ष ठान बहादुर रोकाया ताजाकोटका अध्यक्ष लाल केशी जैशि, सर्केगाड गाउपालिका वडा नम्बर २ का अध्यक्षसिद्द कार्की र नाम्खा गाउपालिका २ नम्बरका वडा अध्यक्ष पाल्जोर लामाले हस्ताक्षर गरेका छन् । पालिकाले सम्बन्धित मन्त्रालयलाइ बोधार्थ समेत दिएका छन् । ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारी रेग्मिले अफ्नो ध्यान आकर्षण भएको भन्दै बजुराका प्रमुख जिल्ला अधिकारी संग कुरा समेत भएको बताउनु भयो ।