🔊 Live Radio Stream

सिमकोट गाउँपालिका स्वास्थ्य शाखाको अर्धवार्षिक प्रगति समीक्षा गोष्ठी सम्पन्न

radiomansarowar.com

सिमकोट गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा २ दिने पालिका स्तरीय अर्धवार्षिक प्रगति समीक्षा गोष्ठी सम्पन्न भएको छ ।  हिजो शुक्रबार देखि शुरु भएको उक्त  गोष्टी आज शनिबार सिमकोट माथिल्लो बजार स्थित मानसरोवर होटेलमा सम्पन्न भएको हो ।

गोष्ठीमा आर्थिक वर्ष २०८२÷०८३ को पहिलो छ महिनामा सञ्चालन भएका स्वास्थ्य सम्बन्धी कार्यक्रमहरूको प्रगति, उपलब्धि, चुनौती तथा आगामी कार्ययोजनाबारे विस्तृत छलफल गरिएको सिमकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नर भण्डारीले जानकारी दिनुभएको छ ।

कार्यक्रममा सिमकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख,पत्रकार महासंघ हुम्लाका अध्यक्ष,रेडियो मानसरोवरका प्रतिनिधि, रेडियो कर्णालि आवाजका प्रतिनिधि र स्वास्थ्य संस्था प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।समीक्षा बैठकमा मातृ तथा शिशु स्वास्थ्य, खोप कार्यक्रम, पोषण सुधार, सरुवा रोग नियन्त्रण, सुरक्षित प्रसूति सेवा तथा स्वास्थ्य सचेतना कार्यक्रमको अवस्था प्रस्तुत गरिएको थियो । साथै दुर्गम बस्तीमा सेवा प्रवाह गर्दा देखिएका समस्या, जनशक्ति अभाव र औषधि आपूर्तिको अवस्थाबारे समेत छलफल गरिएको थियो ।

गोष्ठीले आगामी छ महिनाका लागि ठोस कार्ययोजना बनाउँदै सेवा प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको समेत प्रमुख भण्डारीले बताउनु भयो ।


प्रतिक्रिया