काठमाडौं । नेपाल सरकारले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गृह मन्त्रालयद्वारा जारी सार्वजनिक बिदा सम्बन्धी सूचनाअनुसार २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै मिति २०८२/११/२० देखि २०८२/११/२२ गतेसम्म तीन दिन मुलुकभर सार्वजनिक बिदा दिने निर्णय मन्त्रिपरिषद्बारा भएको हो।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्नका लागि उक्त अवधिमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ।
सम्बन्धित सबै निकाय तथा सर्वसाधारणलाई जानकारीका लागि उक्त सूचना प्रकाशित गरिएको मन्त्रालयले स्पष्ट पारेको छ।
उक्त सूचना २०८२/११/१४ गते जारी गरिएको हो।
१४ फाल्गुण २०८२, बिहिबार ०६:४१ मा प्रकाशित