🔊 Live Radio Stream

सिमकोटमा समुदाय–प्रहरी साझेदारीअन्तर्गत सरसफाइ

radiomansarowar.com

हुम्लाको सदरमुकाम सिमकोटमा ‘समुदाय–प्रहरी साझेदारी’ अभियानअन्तर्गत सुरक्षाकर्मी तथा युवाहरूको सहभागितामा सरसफाइ अभियान सञ्चालन गरिएको छ।

‘आफ्नो ठाउँ आफैँ सफा गरौँ’ भन्ने सन्देशसहित सुरक्षाकर्मीहरूले समुदाय–प्रहरी साझेदारीको ब्यानर बोकेर सरसफाइ अभियानमा सक्रिय सहभागिता जनाएका थिए।

सुरक्षाकर्मी र युवाहरूको सहकार्यमा गरिएको अभियानले ‘परिवर्तन अरूबाट होइन, हामी आफैँबाट सुरु गर्नुपर्छ’ भन्ने सकारात्मक सन्देश दिएको छ।

प्रतिक्रिया