🔊 Live Radio Stream

हुम्लाका सरकारी कार्यालय प्रमुखहरुद्वारा जिल्ला प्रसाशन हुम्लामा संयुक्त प्रेस विज्ञप्ति पेस

radiomansarowar.com

जिल्ला स्थित कर्णाली प्रदेश सरकार मातहतका विभन्न १० वटा कार्यालयका प्रमुखहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गरि जिल्ला प्रशासन कार्यालय हुम्लाका प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मी समक्ष  पेस गरेका छन् ।  स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डा उमाकान्त तिवारी माथि भइरहेका टिप्पणी तथा आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

विज्ञप्तिमा हुम्ला जस्तो दुर्गम जिल्लामा स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन डाक्टरतिवारीले महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गरिएको छ। जिल्लावासीलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन उनले खेलेको भूमिकाको प्रशंसा गर्दै सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट भइरहेको अनावश्यक टीका–टिप्पणीले कर्मचारीहरूको मनोबल कमजोर बनाउने उक्त बिज्ञप्तिमा उल्लेख गरिएको छ।

 साथै, सरकारी कागजात तथा सूचनाको दुरुपयोग नगर्न र आवश्यक परे कानुनी प्रक्रिया मार्फत सत्यतथ्य छानबिन गर्नु पर्नेमा जोड दिइएको छ।bसंयुक्त विज्ञप्तिमा हुम्लाका विभिन्न सरकारी कार्यालयका प्रमुखहरूले हस्ताक्षर गर्दै सुशासन, सामाजिक न्याय र जनमैत्री सार्वजनिक सेवा प्रवाहमा प्रतिबद्ध रहेको उल्लेख गरेका छन्। 

नेपालको संविधानको धारा २८ मा रहेको गोपनियनाको हक, भ्रष्टाचार निवारण ऐन। २०५९को मर्म विपरित र निजामती सेवा ऐन,२०४९ को आचरण पालन सम्बन्धी ब्यवस्थाको विरपरित कार्य भएको र सरकारी कागजातहरु अनाधिकृत व्यक्ति वा संस्थालाई उपलब्ध गराउन सहयोग गर्न जोसुकै कर्मचारीलाईं पनि आवस्यक कानूनी कारवाहीका लागि समेत  पत्रमा माग गरिएको छ । ज्ञापन पत्रलाई जस्ताको त्यस्तै प्रमुख जिल्ला अधिकारी  रेग्मीले मुख्यमन्त्रीको कार्यालय कर्णाली प्रदेश पठाउने प्रतिबद्धता गर्नु भयको छ ।

प्रतिक्रिया