🔊 Live Radio Stream

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा हुम्लाले विपद् रेडक्रस परिचय, प्राथमिक उपचार तथा प्रतिकार्य सम्बन्धी कार्यशाला गोष्ठी संचालन

radiomansarowar.com

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा हुम्लाले विपद् रेडक्रस परिचय, प्राथमिक उपचार  तथा प्रतिकार्य सम्बन्धी कार्यशाला गोष्ठी संचालन गरेको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा हुम्ला द्धारा आयोजना उक्त कार्यक्रम सिमकोट  ५ माथिल्लो बजारमा रहेको  मानसरोवर होटेलमा बुधबार १२ बजेबाट एक कार्यक्रमका बिच संचालन गरिएको हो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा हुम्लाका सभापति गणेश महतको अध्यक्षता र जिल्ला समन्वय समितिका प्रमुख शिबराज शर्माको प्रमुख आथित्यमा संचालन संचालन भएको थियो । कार्यक्रमा सिमकोट गाउँ पालिका अध्यक्ष बिजय भण्डारी,उपाध्यक्ष सुसिला भाम (रोकाया),प्रहरी नायव उपरिक्षक शंखर खड्का,ससक्त्र प्रहरी वलका प्रमुख एवं प्रतिनिधि जिल्ला स्थित पत्रकार,सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि,सिमकोट गाउँ पालिका स्थित माबि बिद्यालयका नेपाल रेडक्रस सोसाइटी उपशाखाका प्रतिनिधि तथा बिद्यार्थिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा जिल्ला स्थित सबै सुरक्षा कर्मि तथा सिमकोट गाउँ पालिका बिपद शाखा संग पनि सहकार्य गर्नु पर्ने बिषयमा सिमकोट गाउँ पालिका अध्यक्ष भण्डारी तथा प्रहरी नायक उपरिक्षक खड्काले जोड दिनु भएको थियो । कार्यक्रम बुधबार र बिहिबार २ दिन हुने छ । कार्यक्रममा प्रशिक्षणका लागी कर्णालि प्रदेश सरकार बिपद मन्त्रालयबाट यज्ञ लामिछाने हुम्ला आएका छन् । कार्यक्रममा सिमकोट गाउँ पालिकाको आर्थिक सहयोग रहेको छ ।

प्रतिक्रिया