🔊 Live Radio Stream

झुल सामुदायिक भवनको अनुगमन,थप बिकसकोलागी आगामी वर्ष सहयोग गर्ने अध्यक्ष लामाको प्रतिबद्धता

radiomansarowar.com

 हुम्ला, साउन ११नाम्खा गाउँपालिका–३ झुलमा निर्माण सम्पन्न भएको झुल सामुदायिक भवन तथा वडा नम्बर ३ मा सञ्चालित विभिन्न विकास योजनाहरूको हिजो स्थलगत अनुगमन गरिएको छ।

गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाको विशेष पहलमा निर्माण सम्पन्न भएको सामुदायिक भवनसँगै सुस्वा परियोजनाअन्तर्गत सञ्चालनमा रहेको टाक्सिङ खानेपानी योजनाको प्रगति र गुणस्तरको समेत अवलोकन गरिएको हो।

अनुगमनमा गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामा, वडा नम्बर ३ का वडा अध्यक्ष ग्याम्जो तामाङ, वडा सदस्यहरू, भौतिक पूर्वाधार शाखाका इन्जिनियर समीर लामा, सुस्वा परियोजनाका सहजकर्ता देजोर लामा तथा गाउँपालिकाका कर्मचारीहरूको सहभागिता रहेको थियो।

अनुगमनका क्रममा झुल सामुदायिक भवनको निर्माण कार्य सम्पन्न भए पनि आवश्यक फर्निचर व्यवस्थापन र रङरोगनको काम बाँकी रहेको पाइएको छ। स्थानीयवासीहरूले भवनलाई थप व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक पूर्वाधार र सुविधाहरू उपलब्ध गराइदिन गाउँपालिकासँग आग्रह गरेका छन्।

स्थानीय समुदायको मागप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले आगामी आर्थिक वर्षमा आवश्यक फर्निचर, रङरोगन तथा अन्य व्यवस्थापनका लागि आवश्यक पहल गर्दै थप सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया