उच्च हिमाली क्षेत्रमा रहेका कुनै पनि बालबालिका खोपबाट वञ्चित नहुन् भन्ने उद्देश्यले सिमकोट गाउँ पालिका स्वास्थ्य शाखाले ‘खोज र खोप’ तथा ‘हरेक बच्चाको पहुँचमा पुगौँ’ अभियान अन्तर्गत घुम्ती खोप शिविर सञ्चालन गर्न स्वास्थ्यकर्मीको टोली रानिसैना पुगेर शिविर सम्पन्न गरेको छ । उ
च्च हिमाली क्षेत्रमा रहेका चौरी खर्क तथा दुर्गम बस्तीका बालबालिकालाई खोपको पहुँचमा ल्याउन स्वास्थ्यकर्मीको टोलीले दुर्गम क्षेत्रमै पुगेर खोप सेवा प्रदान गरेको छ । भौगोलिक विकटताका कारण नियमित खोप केन्द्र सम्म पुग्न कठिन हुने बालबालिकालाई लक्षित गरी टोली रानिसैना क्षेत्र गएको सिमकोट गाउँ पालिका स्वास्थ्य शाखा प्रमुख नर भण्डारीले जानकारी दिनुभएको छ ।
अभियानका क्रममा खोप लगाउन छुटेका बालबालिकाको खोजी गरी आवश्यक खोप लगाइएको तथा अभिभावकलाई नियमित खोपको महत्वबारे जानकारी गराइने कार्यसमेत गरिएक प्रमुख भण्डारीले बताउनु भएको छ ।
स्वास्थ्यकर्मीको टोलीले चौरी खर्क तथा आसपासका क्षेत्रमा पुगेर ६ जना बालबालिकालाई खोप सेवा प्रदान गरिएको तथा अन्य ३२ जनाको स्वास्थ्यमा चेकजाँच गरिएको समेत प्रमुख भण्डारीले बताउनु भएको छ । भण्डारीका अनुसार शिविर साउन २१ गते देखि २५ गतेसम्म संचालन गरिएकोे थियो ।