🔊 Live Radio Stream

खार्पुनाथ गाउँ पालिकामा पालिका स्तरिय शैक्षिक कार्यशाला गोष्ठी सम्पन्न

radiomansarowar.com

किर्डाक नेपालको २७ औँ वार्षिक उत्सवको अवसरमा खार्पुनाथ गाउँ पालिकामा पालिका स्तरिय शैक्षिक कार्यशाला गोष्ठी सम्पन्न भएको छ । उक्त गोष्ठी पालिका अध्यक्ष कर्ण रावलको अध्यक्षतामा भएको हो । यस कार्यक्रममा  शिक्षण सिकाइ सुधार ल्याउने, गुणस्तरिय शिक्षा अभिवृदि, बिधालय छोड्ने दर घटाउने, उपस्थिति दर बुढाउने, शैक्षिक डाटा चुस्त दुस्त बनाउने र अनुगमन प्रणालीमा सुधार ल्याउने बिषयमा समुहगत छलफल गरिएको थियो ।

उक्त गोष्ठीमा गाउँपालीका उपाध्यक्ष  ज्ञान ब सिह, १ देखि ५ सम्मका वडा अध्यक्ष,  खार्पुनाथ गाउँपालिका पाँच वटा माध्यमिक विद्यालयका प्रधानाध्यापकहरू, वालक्लवका सदस्यहरु, बिधालय व्यवस्थापन समिति अध्यक्षहरू, शिक्षक संघका अध्यक्षहरू,, खार्पुनाथ पालिका का सम्पुर्ण शाखा प्रमुखहरू,  किर्डाक नेपाल हुम्लाका कार्यक्रम  संवयोजक जनक बुढा, गुड नेर्वस इन्टरनेशनल हुम्लाका कार्यक्रम  अधिकृत गोबिन्द चौधरी, वित तथा प्रशासन  अधिकृत प्रेम ब बुढा,  सहजकर्ता  नवराज महतरा र नेपाल पत्रकार महासघ हुम्लाकि उपाध्यक्ष  छपाल लामाको सहाभागिता रहेको थियो । कार्यक्रम किर्डाक नेपालको आयोजनामा र गुड नेर्वस ईन्टरनेसनलको आर्थिक सहयोग  तथा खार्पुनाथ गाउपालीकाको समन्वयमा संचालन गरिएको थियो ।

प्रतिक्रिया