🔊 Live Radio Stream

ग्यास अभावबीच उद्योगमन्त्री यादवले दिइन् राजीनामा

radiomansarowar.com

काठमाडौं भदौ -२५  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। उनले प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएको उनका सञ्चार संयोजक कमल चौलागाईंले जानकारी दिएका छन्।

ग्यास अभावबारे संसदीय समितिमा उद्योगीमाथि विवादास्पद अभिव्यक्ति दिएपछि मन्त्री यादवको राजीनामा आएको हो। उनले ग्यास अभाव समाधानका लागि उद्योगीमाथि कडा कदम चाल्नुपर्ने बताउँदै देशमा सञ्चालनमा रहेका ५८ वटै ग्यास उद्योगको लाइसेन्स खारेज गरी दुईवटा उद्योग मात्रै भए पुग्ने धारणा राखेकी थिइन्।

उनको अभिव्यक्तिप्रति ग्यास उद्योगीहरूले आपत्ति जनाउँदै प्रधानमन्त्रीसमक्ष समेत ध्यानाकर्षण गराएका थिए। अहिले काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा खाना पकाउने ग्यासको अभाव देखिएको छ।

प्रतिक्रिया