🔊 Live Radio Stream

१० दिन सुरुङमा मृत्युसँग लडे, दुई मजदुर जीवितै उद्धार—विश्वभर बन्यो नेपालको चर्चा

radiomansarowar.com

काठमाडौं भदौ -१९ विनाशकारी बाढीपछि त्रिशूली–ए जलविद्युत आयोजनाको सुरुङभित्र फसेका दुई मजदुरलाई १० दिनपछि जीवितै उद्धार गरिएको छ।

सप्तरीका ३० वर्षीय सञ्जय साह र ४५ वर्षीय कवीर महर्जनलाई लामो उद्धार प्रयासपछि सुरुङबाट बाहिर निकालिएको हो। दुवै जना आयोजनामा कार्यरत थिए।

नेपालमा भएको यो असाधारण उद्धारको खबर सीएनएन, एपी, बीबीसी, द न्युयोर्क टाइम्स र रोयटर्स लगायत विश्वका प्रमुख सञ्चारमाध्यमले प्राथमिकताका साथ प्रकाशित गरेका छन्।

बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको अवस्थामा १० दिनपछि दुई जनाको जीवित उद्धारले निराशाबीच आशाको किरण जगाएको छ।

प्रतिक्रिया