ह्ुला जिल्लामा भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् । शनिबार खार्पुनाथ गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य ६३ वर्षीय मक्क बहादुर रोकाया भरुवा बन्दुक सहित पक्राउ पर्नु भएको हो । सदस्य रोकायाको घरमा लुकाएर राखेको भरुवा बन्दुक १ थान, फलामको रटको गोली १२ थान, ढुङगाको गोली ७ थान, सिल्भरको डिब्बामा रहेको धुलो जस्तो देखिने कालो रङको बारुद ११० ग्राम, शुद्ध तौल गर्दा ९० ग्राम रहेको, स्टेन लस स्टिल नाम लेखेको चक्कु १ थान लुकाई छिपाई राखेको अबस्थमा फेला पारेको प्रहरी नायव उपरीक्षक शंकर खड्काले रेडियो मान सरोवलाइ बाउनु भयो ।
शनिबार गाउँ बाटै पक्राउ पक्राउ परेका वडा सदस्य रोकायााइ थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक खड्काले बताउनु भयो । आज शनिबार भएकोले रोकायालाइ आइतबार अदालत पेश गरिने समेत उपरिक्षक खड्काले बताउनु भयो ।
१९ बैशाख २०८३, शनिवार ०७:२० मा प्रकाशित