स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा सिमकोट गाउँ पालिका ८ स्याँडा स्वास्थ्य चौकीको आ.व. २०८२।०८३ को वार्षिक प्रतिवेदन तथा आयव्यय सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष कमल बहादुर बुढाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालि काङग्रेस प्रदेश निर्वाचन क्षेत्र नं (ख) का उपसभापति चौके बुढा प्रमुख अतिथिका रूपमा सहभागी रहेको स्याँडा स्वास्थ्य चौकीका ईन्चार्ज नर बहादुर भण्डारीले जानकारी दिनुभएको छ ।
कार्यक्रममा स्वास्थ्य संस्था व्यवस्थापन समितिकी उपाध्यक्ष पनमती रोकाया तथा आधार विकास नेपाल, हुम्लाका प्रतिनिधि रमेश भण्डारी विशेष अतिथिका रूपमा उपस्थित समेत रहेको थियो । कार्यक्रममा अन्य सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका र स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
स्वास्थ्य चौकी प्रमुख भण्डारीले स्वास्थ्य चौकीको वार्षिक प्रगति प्रतिवेदन तथा आयव्यय विवरण प्रस्तुत गर्दै संस्थाले प्रदान गरिरहेका स्वास्थ्य सेवाबारे जानकारी गराउनु भएको थियो । कार्यक्रममा सहभागीहरूले स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने तथा समुदायसँगको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रमको सञ्चालन अहेव राजेन्द्र शाहीले गर्नुभएको थियो ।