सुर्खेत भदौ -११ लामो रस्साकस्सीपछि कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन जना मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख यज्ञराज जोशीले भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्रीमा मिलन खड्का, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा कल्याणी खड्का र भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा जुम्कित लामालाई पद तथा गोपनीयताको शपथ खुवाउनुभएको हो।
नवनियुक्त तीनै जना मन्त्रीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना!
११ भदौ २०८३, बिहिबार १२:०९ मा प्रकाशित