सामाजिक बिकास कार्यालय हुम्लाको आयोजनामा संचाली जिल्ला स्तरीय बत्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । सिमकोट गाउँ पालिका वडा नं. ५ मा रेहेको भिमशेन आधारभुत बिद्यालयमा बुधबार संचालीत बत्तृत्व कला प्रतियोगिता सम्पन्न भएकको हो । उक्त प्रतियोगितामा जिल्लाका १० वटा बिद्यालहरुको सहभागिता रहेको सामाजिक बिकास कार्यालय हुम्लाका प्रमुख ईश्वर बहादुर सिंहले रेडियो मानसरोवर लाई जानकारी दिएका छन् । प्रतियोगितामा मानसरोवर नमुना मा. बि सिमकोट ६, बाल मन्दिर मा बि सिमकोट ५, सिता मा. बि खार्पुनाथ ४,रल्लिङ माबि सिमकोट ३, कैलास मा बि सिमकोट ७, मालिका माबि खार्पुनाथ १, सैपाल हिमाल माबि सिमकोट ८, महादेव माबि चंखेली २, कर्णाली माबि सिमकोट ७ र महाबौद्य माबि नाम्खा ४ का बिद्यालयको उपस्थित रहेको थियो । उक्त प्रतियोगितामा सिता मा. बि खार्पुनाथ ४ कि सुनिता रोकाया प्रथम, कर्णाली मा बि सिमकोट ७ कि सम्झना शाही द्धितिय, मालिका मा बि खार्पुनाथ १ कि समिक्षा शाही तृतिय र सैपाल हिमाल मा बि कि बिष्ना बुढा सान्तोना भएकी हुन । उक्त प्रतियोगितामा प्रथम हुनेलाइ नगत रु १० हजार,द्धितिय हुनेलाइ नगत रु ५ हजार तृतिय हुनेलाइ नगर रु ३ हजार र सान्तोना हुनेलाइ रु २ हजार नगत पुरस्कार बितरण गरिएको कार्यालय प्रमुख सिंहले बताउनु भएको छ ।