नाम्खा गाउँ पालिका आर्थिक वर्ष ०८३।०८४ का लागि ३५ करोड ३२ लाख १५ हजार ८ सय ८८ रुपैया २० पैसा वजेट ल्याएको छ । बुधबार गाउँपालिकाले आयोजना गरेको १५गाउँसभामा सो वजेट प्रस्तुत गरिएको हो । गाउँ पालिकाको कुल वजेटमा १३ करोड ८१ लाख १८ हजार ८ सय ८८ रुपियाँ २० पैसा विनियोजित गरेर पुँजीगततर्फ बजेटको ब्यवस्था गरिएको छ भने चालु तर्फ २१ करोड २० लाख ९७ हजार रुपियाँको वजेट विनियोजित वजेट ब्यवस्था गरिएको छ ।
संघिय सरकारको तर्फबाट पुँजिगत तर्फ १ करोड ४६ लाख राजस्व बाडफाड तर्फ ८ करोड ४० लाख ४८ हजार समपुरक अनुदान १ करोड ५ लाख विशेष अनुदान ४ लाख ४९ हजार गरि २८ करोड ६४ लाख ४८ हजार बजेट पारित गरिएको छ भने प्रदेश सरकारको तर्फबाट चालु तर्फ २१ लाख १९ हजार पुँजिगत तर्फ १ करोड ८५ लाख राजस्व बाडफाडमा १३ लाख ११ हजार ८ सय ८८ रुपैया २० पैसा समपुरक अनुदान १ करोड ३३ लाख विशेष अनुदानमा ५० लाख अन्य शिर्षकमा ७० लाख ३७ हजार गरि जम्मा ४ करो ७२ लाख ६७ हजार ८ सय ८८ रुपैया २० पैसा बजेट बिनियोजन गरेको छ ।
गाउँ सभा गाउँ पालिका अध्यक्ष प्रम लामाको अध्यक्ष्तामा संचालन गरिएको थियो । सभामा गाउँपालिका उपाध्यक्ष तक्दिर लामा वजेट प्रस्तुत गरेका थिए ।