🔊 Live Radio Stream

नाम्खा–४ याल्वाङमा काडेतारमा फसेको भालु, उद्धारको लागि वन कार्यलयको टोलि जिल्लाबाट प्रस्थान

radiomansarowar.com

जिल्लाको उत्तरी क्षेत्रस्थित नाम्खा गाउँपालिका–४ याल्वाङमा एक भालु स्थानीयले लगाएको काडेतारको घेरबारमा फसेको अवस्थामा फेला परेको छ । याल्वाङ प्रहरी चौकीबाट करिब १०० मिटर दूरीमा रहेको घेरबारमा भालु फसेको अवस्थामा भेटिएको हो । हाल उक्त भालुलाई याल्वाङ प्रहरी चौकीको सुरक्षा निगरानीमा राखिएको छ ।

भालुको उद्धार तथा व्यवस्थापनका लागि डिभिजन वन कार्यालय हुम्ला, सिमकोटबाट योजना प्रमुख अज रावलको नेतृत्वमा चार सदस्यीय टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ । डिभिजन वन कार्यालय हुम्लाका प्रमुख महेश कुमाईका अनुसार टोलीले घटनास्थल पुगेर भालुको अवस्था मूल्याङ्कन गरी सुरक्षित उद्धार तथा आवश्यक व्यवस्थापन गर्नेछ । 

प्रतिक्रिया