🔊 Live Radio Stream

१३ वटा बिधामा हुम्ला जिल्लामा जिल्ला स्तरिय राष्ट्रपति रनिङ्गशिलड प्रतियोगिता संचालन हुदै

radiomansarowar.com


हुम्ला जिल्लामा जिल्ला स्तरिय राष्ट्रपति रनिङ्गशिलड प्रतियोगिता संचालन हुने भएको छ । शुक्रबार सामाजिक बिकास कार्यालयमा कार्यालय प्रमुख इश्वर सिहको अध्यक्षतामा बसेको राष्टपति रनिङ शिल्ड प्रतियोगिता ब्यबस्थापन तथा निर्देशन समितिको बैठकले यहि बैषाख २२,२३ र २४ गते प्रतियोगिताको छनोट कार्यलाइ सुरु गर्ने निर्णय गरेको छ । प्रतियोगिताका लागी सात वटै पालिकाका खेलाडीहरु सम्पर्कमा आएका र बिभिन्न १३ वटा बिधामा सहभागीहरुको छनोट हुने प्रमुख सिहले रेडियो मान सरोवरलाइ बताएका छन् । प्रतियोगिताबाट बिभिन्न बिधामा छनोट भएका खेलाडीहरुलाइ प्रदेश राजधानि सुर्खेत पठाउने समेत प्रमुख सिहले बताउनु   भयो । पतियोगिताकोलागी एक पालिकाबाट ५० देखी ६० जना खेलाडीहरुले भाग लिने भएका छन् । प्रतियोगितामा दौड ,भलिबल ,कबडि,  हाइजम, लम्जम लगाएतका खेलहरु ह्ुने भएका छन् । प्रतियोगितामा महिला पुरुष खेलाडीहरुको सहभागीता रहने भएको छ ।

प्रतिक्रिया