🔊 Live Radio Stream

नाम्खा गाउँपालिकाले संचालन गरेको नसर्ने रोगसम्बन्धी स्क्रिनिङ अभियान सम्पन्न

radiomansarowar.com

नाम्खा गाउँपालिका वडा नम्बर ५ मुचुमा एक महिने नसर्ने रोगसम्बन्धी स्क्रिनिङ अभियान सम्पन्न भएको छ । अभियान अन्तर्गत स्थानीय बासिन्दाहरूको स्वास्थ्य परीक्षण गरिएको मुचु स्वास्थ्य चौकीका अहेव राजेन्द्र भण्डारीले टेलिफोन मार्फत रेडियो मानसरोवरलाई जानकारी दिनु भएको हो  । ३० वर्ष माथिका उमेर समुहका नागरिकलाई उक्त अभियान चलाईएको समेत भण्डारीले बताए । अभियानको क्रममा मुचु,तुम्कोटका गाउँ टोल र गुफामा गएर ३ दिन सम्म यो अधियान संचालन गरीएको थियो । नसर्ने रोग सम्बन्धि स्क्रिनिङ अभियानको क्रममा १० जनामा उच्च रक्तचाप र १ जनामा मधुमेह (चिनी रोग )भेटिएको मुचु स्वास्थ्य चौकीका अहेव भण्डारीले बताएका छन् । नसर्ने रोगहरूको समयमै पहिचान र नियन्त्रणका लागि यस्ता अभियानहरू प्रभावकारी हुने भण्डारीको भनाइ रहेको छ । पहिचान भएका बिरामीहरूलाई आवश्यक परामर्श तथा उपचारका लागि स्वास्थ्य संस्थामा सम्पर्क गर्न समेत भण्डारीको सुझाव रहेको छ । 

प्रतिक्रिया