हुम्ला भदौ -२२ सर्केगाड गाउँपालिका अन्तर्गत श्री हिमज्योति नमूना माध्यमिक विद्यालयको ५५औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य एवं सभ्य रूपमा सम्पन्न भएको छ।
समारोहमा प्रमुख अतिथिका रूपमा आमन्त्रित अतिथिलाई विद्यालय परिवारले विशेष सम्मान गरेको थियो। कार्यक्रममा जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी संघ–संस्थाका प्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक–कर्मचारी, विद्यार्थी, अभिभावक, राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न क्षेत्रका अतिथिहरूको सहभागिता रहेको थियो।
कार्यक्रम सफल बनाउन सहयोग, समन्वय तथा भूमिका निर्वाह गर्ने सम्पूर्णप्रति विद्यालय परिवारले आभार व्यक्त गरेको छ। साथै विद्यालयको शैक्षिक उन्नति, गुणस्तरीय शिक्षा र उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरिएको छ।
२२ भदौ २०८३, सोमबार ०४:१४ मा प्रकाशित