सिमकोट, हुम्ला – प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत नाम्खा गाउँपालिका–६ हल्जी क्षेत्रका मतदान केन्द्रबाट मतपेटिका हेलिकोप्टरमार्फत सदरमुकाम सिमकोट आइपुगेको छ।
दुर्गम तथा उच्च हिमाली क्षेत्र भएकाले हल्जीबाट मतपेटिका हवाई माध्यम प्रयोग गरी सुरक्षित रूपमा ल्याइएको हो। जिल्ला सुरक्षा निकाय र निर्वाचन कर्मचारीको समन्वयमा मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाइएको जनाइएको छ।
जिल्ला सुरक्षा निकायका अनुसार सबै मतपेटिका कडा सुरक्षा घेरामा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा संकलन गरिनेछ। सबै केन्द्रबाट मतपेटिका सुरक्षित रूपमा आइपुगेपछि मतगणना प्रक्रिया सुरु गरिने जानकारी दिइएको छ।
२१ फाल्गुण २०८२, बिहिबार ०७:१० मा प्रकाशित