प्रमुख जिल्ला अधिकारी टेकबहादुर रेग्मीको अध्यक्षतामा बसेको जिल्ला प्राथमिक खरिद समितिको बैठकले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खरिद गर्ने रैथाने बालीको नयाँ मुल्य निर्धारण गरेको छ ।
निर्णय अनुसार रातो चिनोको मूल्य प्रतिकिलो १९६ रुपैयाँ, कागुनो १९६ रुपैयाँ, सिमी १८० रुपैयाँ, तिते फापर १०० रुपैयाँ, मिठे फापर १२० रुपैयाँ, उवा १३० रुपैयाँ र काबो १०५ रुपैयाँ निर्धारण गरिएको छ ।
निर्धारित मूल्य अनुसार चालु आर्थिक वर्षमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हुम्लाबाट रैथाने बाली खरिद गर्ने जनाएको छ । यस निर्णयले स्थानीय किसानलाई उत्पादनमा प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ ।
निर्धारित मूल्य अनुसार चालु आर्थिक वर्षमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हुम्लाबाट स्थानीय बाली खरिद गर्ने जनाएको छ ।
१ चैत २०८२, आईतबार ०६:४० मा प्रकाशित