🔊 Live Radio Stream

ताजाकोट गाउँपालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

radiomansarowar.com

हुम्ला जिल्ला ताजाकोट गाउँपालिकाले आज पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको छ गाउँपालिका भित्रका १५ महिना भित्रका सम्पूर्ण बालबालिकाहरूले राष्ट्रिय खोप तालिका अनुसार पाउनुपर्ने सबै मात्राका खोप लगाएको प्रमाणीकरण गरिएपछि ताजाकोट गाउँपालिकालाई  पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषण गरिएको ताजाकोट गाउँपालिका अध्यक्ष लालकेश जैशीले जानकारी दिएका छन्  । गाउँपालिका भित्रका १६ देखि ५९ महिनासम्मका सम्पुर्ण बालबालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । पालिका भित्रका सबै वडा पूर्णखोप सुनिश्चित वडा घोषणा भइसकेको गाउँपालिकाका अध्यक्ष जैशिलेले  बताएका छन । 

प्रतिक्रिया