🔊 Live Radio Stream

कर्णाली माध्यमिक बिद्यालयका बिद्यार्थि,ब्यवस्थापन समिति र अबिभावक सिमकोट गाउँ पालिकामा आन्दोलन

radiomansarowar.com

सिमकोट गा पा वडा ७ चौगनफयामा रहेको कर्णाली  माध्यमिक बिद्यालयका बिद्यार्थि, ब्यवस्थाप न समिति र अबिभावकहरुले सिमकोट गाउँ पालिकामा आन्दोलन गरेका छन् । बिद्यालयमा संचालन भइरहेको ११ र १२ कक्षालाई कटौती गरी सिमकोटमा रहेको मानसरोवर नमुना माध्यमिक विद्यालयमा गाभिएको र निम्न माध्यमिक तहका शिक्षकको दरबन्दी कटौती गरिएको भन्दै सिमकोट गाउँ पालिका बाहिर  विभिन्न नारा लगाउदै  सिमकोट गाउँपालिका अध्यक्ष बिजय भण्डारी लाई  बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लोकराज शाहिले ज्ञापनपत्र पेस गरेका छन् । दरबन्दी कटौती र पालिकाअनुदान कोटाः यस विद्यालयको आधारभूत तह (कक्षा ६ र ८मा लामो समयदेखि कायम रहेको स्थायी दरबन्दी कटौती गरी सोको सट्टामा ’पालिका अनुदान कोटा दिने निर्णय गरेको हुँदा शिक्षा नियमावली अनुसूची–१२ को (नियम ९२ सँग सम्बन्धित) विद्यालयमा रहने शिक्षक दरवन्दीको व्यवस्था अनुसार हाम्रो यस कर्णाली माविमा विद्यालयमा पनी आधारभूत तह कक्षा ६ र ८ मा चार जनाको स्वीकृत स्थायी दरवन्दी रहेको छ । आधारभूत तहमै अन्य विज्ञान र सामाजिक विषयको स्वीकृत दरवन्दी नभएकोले यस तहमा नेपाली विषयको दुई दरवन्दी रहेको र यो दुई नेपाली विषको दरवन्दी रहेकोले हाल माध्यमिक तह ९÷१० मा पनी गाउँपलिकाले नेपाली विषयको शिक्षक कोटाको कुनै व्यवस्था गरेको छैन र यहि आधारभूत तहका शिक्षकले माध्यमिक तह सम्म पढाई राख्नु परेको कुरा यहाँहरु माझ सर्वविदितै छ उक्त ज्ञापनपत्रमा उल्लेख गरिएको छ । आधारभूत तहको नेपाली विषयको दरवन्दी कटाउनुको सट्टा विद्यार्थी संख्याको आधारमा एक सामाजिक विषय वा विज्ञान विषयको स्थायी स्वीकृत दरवन्दी थप गर्न तत्काल आवश्यक देखिएको छ । यस्ता अपारदर्शी सरुवाहरू तुरुन्त बदर गर्नको लागि विद्यालय परिवार जोडदार माग गर्दछौं । कक्षा ११ र १२ को अनुमति खारेजीः विद्यालयको शैक्षिक स्तर वृद्धि भइरहेको अवस्थामा कक्षा ११ मा १९ जना र कक्षा १२ मा २५ जना विद्यार्थी भर्ना भएको विद्यालयमा माथिल्लो तह (कक्षा ११ र १२) को सञ्चालन अनुमति खारेज गरिनु र यस विद्यालयको कक्षा ११÷१२ लियर अन्य विद्यालयमा मर्ज गरिनु यस क्षेत्रका गरिब तथा जेहेन्दार विद्यार्थीहरूको उच्च शिक्षा पाउने नैसर्गिक अधिकारमाधिको प्रहार हो। यसले गर्दा विद्यार्थीहरू टाढा जान बाध्य हुने र विद्यालय छाड्ने विद्यार्थीको संख्या बढ्ने निश्चित देखिन्छ। र यो अदुरदृष्टी र एक दुई जनाको मिलेमोतोमा गरेको निर्णयलाई पुनर्विचार गरि सिमकोट भन्दा माथिको समुदायलाई न्याय गरि दिनुहुन जोडदार माग गर्दछौं । उक्त ज्ञापनपत्रमा उल्लेख गरिएको छ । बिधालयका व्यवस्थापन समितिका अध्यक्ष शाहिको नेतृत्वमा बिधार्थी र अभिभाक  गरि करिब ८० जना को उपस्थितिमा स्थायी दरबन्दी काट्न पाईदैन । हामीलाई पालिका अनुदान चाहिँदैन ।।हाम्रो माग पूरा गर । हाम्रो शिक्षक फिर्ता गर ।। बालबालिकाको भविष्यमाथि खेलवाड गर्न पाईदैन् । विरामी शिक्षक सरुवा गर्न पाईदैन् ।। शिक्षामा राजनीति वन्द गर । काटिएको दरबन्दी कायम गर ।। हाम्रो विद्यालय हाम्रो धन । दरबन्दी काट्ने आधार भन ।। भोट माग्दा शिक्षाको नारा । कुर्सीमा पुग्दा दरबन्दीको पारा ।। पालिका तेरो पाराले । दु ः ख पायो साराले ।।  सिमकोट गाउँ पालिकामा अगाडी सोमबार नाराबाजी गरेका थिए । 

प्रतिक्रिया