🔊 Live Radio Stream

सर्केगार्ड गाउँपालिका– ७ र ८ का दुर्गमका वस्तीमा एकिकृत स्वास्थ्य शिबिर दुई दिनसम्म सञ्चालन ४९४ जना बिरामीहरु लावान्भित

radiomansarowar.com

सर्केगार्ड गाउँपालिकाको दुर दराजका वडाहरुका एकिकृत स्वास्थ्य शिबिर सञ्चालन हुँदा झण्डै पाँच सय बिरामी लावान्भित भएका छन् । दुर्गमका बिरामीहरुलाई बिशेषज्ञ चिकीत्सक सहितका स्वास्थ्यकर्मीको उपस्थितीमा शिबिर आयोजना गर्न लागिएको हो । सर्केगार्ड गाउँपालिका– ७ र ८ का दुर्गमका वस्तीमा दुई दिनसम्म सञ्चालन भएको शिबिरमा ४९४ जना बिरामीहरु लावान्भित भएको शिबिर आयोजना हेल्थ अस मेडिकल सेन्टरका प्रमुख नारायण फडेराले बताएका छन् । सेन्टरले सामाजिक सेवाभाव र सामाजिक उत्तरदायित्व अन्र्तगत एकिकृत स्वास्थ्य शिबिर आयोजना गरेको हो । तीन जना चिकीत्सक र स्वास्थ्यकर्मीको उपस्थितीमा राहादेव र रोडीकोट गाउँमा स्वास्थ्य शिबिर सञ्चालन गर्दा बिरामीले घरआगन मै स्वास्थ्य सेवा प्राप्त गर्न सफल भएको उहाँले बताउनु भएको छ ।  यो शिबिरमा ३११ जना महिला र १८३ जना पुरुषको उपचार भएको थियो । जम्मा उपचार गरिएका मध्य १२० बालबालिका र १०६ जेष्ठ नागरिक रहेका छन् । शिबिरमा ९४ वर्षका काल्च्या रोकाया र कम उमेरकी बालिका रोसना शाहीले उपचार सेवा प्राप्त गरेका छन् छ । यसका लागि जिल्ला अस्पतालका चिकीत्सक भिम बुढा र विवेश यादव  तथा  सर्केगार्ड गाउँपालिकाकी चिकीत्सक ईश्वरी पौडेलले उपचार गरेका हुन् ।

त्यसैगरि सर्केगार्ड गाउँपालिकाका स्वास्थ्यकर्मी र रोडीकोट स्वास्थ्य चौकी तथा राहदेव स्वास्थ्य सेवा केन्द्रका स्वास्थ्यकर्मीहरु पनि परिचालन भएका थिए । शिबिरमा १५० किसिमका औषधीहरु निशुल्क रुपमा बितरण गरिएको छ । वचेको औषधी समेत शिबिर सञ्चालन गरिएको स्वास्थ्य संस्थामा सहयोग प्रदान गरिएको छ । त्यसैगरि शिबिरमा चिकीत्सकहरुबाट चेकजाँच, स्त्रीरोग, नाक काँन र घाँटीको उपचार, सुगर तथा प्रेशसर चेकजाँच भएको छ । बाल रोगको पनि उपचार गरिएको थियो ।

त्यसैगरी बिरामीको आवश्यकता अनुसार भिडियो एक्सरे पनि गरिएको छ । यसका लागि सम्पुर्ण आर्थिक सहयोग सेन्टरको रहेको छ । यसअघि पनि पटक पटक सेन्टरले यस्ता शिबिर सञ्चालन गर्दै आएको थियो । अब हरेक दुई महिनामा दुर्गमका वस्तीमा यस्ता शिबिर सञ्चालन हुनेछन् । यसका लागि विदेश मै वसेर हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका – ५ ताक्लाका चिकीत्सक हर्कसिंह भण्डारीले आर्थिक सहयोग जुटाई रहनु भएको छ् भने हुम्ला मै रहेका उहाँका बुवा ग्वामसिंह भण्डारीले सहजिकरण गर्नु भएको हो ।

प्रतिक्रिया