काठमाडौं भदौ -२३ जेनजी शहीद स्मृति दिवसका अवसरमा गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन्। उनले माग पूरा नभए देशमा फेरि गोली चल्ने अवस्था आउन सक्ने भन्दै त्यो गोली आफ्नै शिरबाट चल्नुपर्ने बताएका छन्।
गुरुङले भदौ २३ गतेको आन्दोलन इतिहास भएकाले कसैले त्यसलाई परिवर्तन गर्न नसक्ने बताए। शान्तिपूर्ण आन्दोलनमा भएको दमन र गोलीकाण्डबाट शहीद तथा घाइते भएका युवाको पीडा आफूले अझै महसुस गरिरहेको उनको भनाइ छ।
शहीद तथा घाइते परिवारलाई आफ्नै परिवारसरह व्यवहार गर्ने प्रतिबद्धता जनाउँदै उनले जेनजी आन्दोलनको परिवर्तन र सुशासनको सपना पूरा गर्न आफू दृढ रहेको बताए।
२३ भदौ २०८३, मङ्गलबार ०६:१० मा प्रकाशित