🔊 Live Radio Stream

प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा, कहाँ कसको अग्रता ?

radiomansarowar.com

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । अब मात्र ४ सिटको नतिजा आउन बाँकी रहेको छ ।

पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेले १–१ सिटमा अग्रता बनाइरहेका छन् । रास्वपाले गोरखा–१ मा, नेपाली कांग्रेसले इलाम–१ मा तथा नेकपा एमालेले सङ्खुवासभा–१ मा अग्रता बनाइरहेको छ । धनुषा–१ को भने मत परिणाम हाल सार्वजनिक नगर्ने निर्वाचन आयोगले निर्णय गरेको छ ।

हालसम्म रास्वपाले सर्वाधिक १२४ सिट जितिसकेको छ । दोस्रो स्थानमा रहेको कांग्रेसले १७ तथा एमालेले ८ सिट जितेको छ । नेपाली कम्युनिस्ट पार्टी ७ सिटसहित चौथो स्थानमा छ ।

श्रम संस्कृति पार्टीले ३ सिट र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट जितेको छ  भने १ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

प्रतिक्रिया