🔊 Live Radio Stream

बाल्यकालका कथा सुनाउँदै भावुक बने सिमकोटका १५ महिला, विगतबाटै जन्मियो परिवर्तनको सपना

radiomansarowar.com

हुम्ला, सिमकोट । प्रो पब्लिकको आयोजनामा सञ्चालित सामाजिक संवाद कार्यक्रमअन्तर्गत हुम्लाको सिमकोट गाउँपालिका–६ स्थित कालासिल्ता परिवर्तन सामाजिक संवाद समूहको पहिलो चरणको बैठक सम्पन्न भएको छ।

२०८३ साउन २८ गते गाउँको छतमा दिउँसो १२ बजेदेखि ३ बजेसम्म भएको बैठकमा विभिन्न जातजातिका १५ जना महिलाको सहभागिता रहेको थियो। “बाल्यकालको कथा” विषयमा केन्द्रित संवादमा सहभागीहरूले बाल्यकालका सुखद तथा पीडादायी अनुभव, पढाइ, घरायसी जिम्मेवारी र तत्कालीन सामाजिक अवस्थाबारे आफ्ना भावना खुलेर प्रस्तुत गरेका थिए।

आफ्ना विगतका अनुभव सुनाउने क्रममा कतिपय सहभागी भावुकसमेत बने। संवादले विगतका अनुभवबाट सिक्दै आगामी पुस्ताका छोरीहरूलाई शिक्षा, अवसर र सम्मानजनक वातावरण दिनुपर्ने सन्देश दिएको सहभागीहरूले बताए।

यो हुम्लामा सञ्चालन भइरहेका तीनवटा सामाजिक संवाद समूहको बैठकमध्ये एक हो। बाँकी दुई समूहको बैठक पनि भोलि र पर्सि सञ्चालन हुने कार्यक्रम रहेको छ।

प्रतिक्रिया