हुम्लाको खार्पुनाथ गाउपालिका लाली स्वास्थ्य चौकी इन्चार्ज धन बहादुर बोहराको असमाहिक निधन भएको छ । स्वास्थ्य प्रमुख बोहराको निधन प्रति गाउपालिका अध्यक्ष कर्ण बहादुर रावलद्धारा सोक बतmब्य जारी भएको छ । बतmब्यमा अध्यक्ष रावलले लाली स्वास्थ्य चौकीमा लामो समय देखी स्वास्थ्य चौकी इन्चार्जमा कर्यरत बोहराको उपचारको क्रममा असार २० गते शनिबार असमाहिक निधन भएकोले खार्पुनाथ गाउपालिका परिवारलाइ अत्यन्तै मर्माहित एवम स्तब्ध बनाएको उल्लेख गर्नु भएको छ ।
मृतक बोहराले आफ्नो सेवाकाल भरी दुर्गम क्षेत्रमा रहेर स्वास्थ्य सेवा पहुच बिस्तार बिरामि प्रतिको समर्पण,इमान्दारीता तथा कर्तब्यनिष्ठाका साथ पुर्याउनु भएको अतुलनिय योगदान स्मणीय रहेको बतmब्यमा उल्लेख गदै अध्यक्ष रावलले एक कर्मठ अनुसासित र समर्पित स्वास्थ्य कर्मी गुमाएको महसुस भएको उल्लेख समेत गर्नु भएको छ । यस दुःखत घडीमा स्वर्गिय आत्मप्रति हार्दिक श्रद्धानजली अरर्पण गदै शोकाकुल परिवारजन आफन्त तथा शुभेच्छुकहरु प्रति धैर्यधारण गर्र्ने शतिm प्राप्त होस भन्ने कामना सहित समवेदना ब्यतm गर्नु भएको छ ।